हिमाल दैनिक
पाकिस्तानमा बिमान दुर्घटना भएको छ। शुक्रबार पाकिस्तान इन्टरनेशनल एअरलाइन्स (पिआइए) ए-३२० एयरक्राफ्ट लाहोरबाट कराची जाने क्रममा कराची विमानस्थल नजिकै दुर्घटना भएको हो। उक्त खबरको पुष्टि पीआईएका प्रवक्ता अब्दुल सत्तारले गरेका छन्। सत्तारका अनुसार उक्त बिमानमा ९१ यात्रु र ७ चालक दल रहेका थिए, जस मध्य ५१ पुरुष, ३१ महिला र ९ बालबालिका रहेको जनाएको छ । उक्त बिमान मलीर मोडल कोलोनी नजिकै रहेको जिन्ना गार्डनमा दुर्घटना भएको थियो। दुर्घटना स्थल नजिकै रहेका घरहरुमा पनि यसले क्षति पुराएको छ। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले उक्त घटनाप्रति दुख ब्यक्त गरेका छन्। उनले उक्त स्थानमा उद्धारका लागि उद्धार टोली संयन्त्र पठाएको जानकारी दिएका छन। पाकिस्तानी संचार मध्यमका अनुसार अहिले सम्म 5 बर्षिय बालिका र सीनियर जर्नलिस्ट अंसारी नकवीको शब् उद्दार गरिएको बताइएको छ।
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update