हिमाल दैनिक
नयाँ नक्साबारे नेपाललाई धम्क्याउँदै भारतले भन्योः हाम्रो भूभागमा आँखा लगाउने होइन
Flag Background
भारतले एकतर्फी रुपमा अतिक्रमण गरेको भूभाग समेटी सार्वजनिक गरिएको नेपालको नयाँ नक्साप्रति भारतीय सरकारले गम्भीर आपत्ति प्रकट गरेको छ। दार्चुला जिल्लाको पश्चिममा पर्ने लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको क्षेत्रलाई भारतले आफ्नो राजनीतिक नक्सामा राख्नुका साथै पछिल्लो समय उक्त क्षेत्रबाट मानसरोवर जाने सडक निर्माणको जवाफमा नेपाल सरकारले बुधबार सो क्षेत्रलाई समावेश गरी नयाँ नक्सा सार्वजनिक गरेपछि भारतीय पक्षबाट प्रतिक्रिया स्वरुप आपत्ति जनाएको हो। भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले संचारमाध्यमको प्रश्नको जवाफमा नेपालले आज सार्वजनिक गरेको नयाँ नक्सामा नेपालले भारतीय भूभाग समेटेको दाबी गरेका छन.। केही महिना अघिमात्रै नेपाललाई कुनै जानकारी विना सो क्षेत्रलाई आफ्नो नक्सामा राख्दै सढक निर्माण गरेको भारतीय सरकारका प्रवक्ता श्रीवास्तवले नेपालको कदमलाई एकपक्षीय भन्दै भनेका छन्, ‘यो एकपक्षीय कदम ऐतिहासिक तथ्य र प्रमाणका आधारमा छैन।’ साथै भारतले नेपालको यस उक्त कार्य सीमा सम्बन्धी विषय लगायत सबै असमझदारीलाई कुटनीतिक वार्ताको माध्यमबाट समाधान गर्ने दुई देशबीचको सहमति प्रतिकूल भएको आरोप पनि लगाएको छ। श्रीवास्तवले थप्दै भनेका छन्, ‘यसरी कृतिृम रुपमा भौगोलिक क्षेत्र विस्तारको दाबीलाई भारतले कुनै हालतमा स्वीकार गर्दैन।’ साथै नेपालले भारतको आफ्नो निरन्तरको अडान बुझेको बताउँदे उनले नेपाललाई यस्तो अन्यायपूर्ण तबरले नक्सा बनाउने कार्यबाट टाढै रहन चेतावनी दिँदै भारतीय सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न भनेको छ। यसैगरी भारतले नेपालको राजनीतिक नेतृत्वले दुई देशबीचको सीमा विवाद समाधानका लागि कुटनीतिक वार्ताको सकारात्मक वातावरण निर्माण गर्ने विश्वास पनि व्यक्त गरेको छ। जब कि नेपाल सरकारले उक्त विवादस्पद भूभागको विषयमा भारतीय सरकारसँग वार्ताका लागि पटक पटक आग्रह गर्दा भारतीय पक्षले कोरोना संक्रमणको अन्त्य पछाडि वार्तामा बस्ने जवाफ दिएको नेपाल सरकारका उच्च अधिकारीहरुले बताएका छन्।  
प्रकाशित मिति: आइतबार, जेठ ४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update