भारतमा लकडाउन थप दुई हप्ता थपिएको छ। भारतमा कोरोनाको संक्रमण बढ्दै गएपछि गृह मन्त्रालयले थप दुई हप्ता थप्ने निर्णय गरेको हो।
आइतबारबाट लक डाउनको अवधि सकिने भएपछि मे ४ (सोमबार) बाट १७ मे सम्म थप्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले ‘रेड जोन’ घोषणा भएको एक सय ३० जिल्लामा सरकारले कुनै छुट नदिने र ‘अरेन्ज जोन’ र ‘ग्रीन जोन’मा रहेका जिल्लाहरुलाई भने केहि छुट दिने निर्णय गरेको छ ।
https://twitter.com/ANI/status/1256205000679870465
सरकारले दिल्ली, मुम्बई, पुने, अहमदावाद, हैदरावाद, लखनऊ, इन्दोर, जयपुर संगै उत्तर प्रदेशको १९ जिल्लालाई 'रेड जोन' घोषणा गरेको थियो। सरकारले 'ओरेज जोन' मा परेका २८४ जिल्लालाई पनि 'रेड जोन' सरह कडाई गरिदैछ।
पछिल्लो २४ घण्टामा भारतमा दुई हजार नयाँ कोरोना संक्रमित थपिएको छ भने ७३ जनाको मृत्यु भएको छ। हालसम्म भारतमा ३५ हजार ४३ मा कोरोनाको संक्रमण देखिएको छ भने १ हजार १५४ को मृत्यु भएको छ। त्यस्तै ९ हजार ६८ जना स्वास्थ्य लाभ गरि घर फर्की सकेका छन्।
प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय