हिमाल दैनिक
भारतमा लकडाउनको समय दोस्रो पटक १९ दिनका लागि थपिएको छ। मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीको नाममा सम्बोधन गर्दै भारतमा कोरोनको संक्रमण बढ्दै गएकोले यसबाट बच्न एकमात्र उपायका रुपमा रहेको सामाजिक दुरी कायम गर्न एकान्तबास (लकडाउन)को समयलाई दोस्रो पटक थप गर्दै मेइ ३ (वैशाख २१) गतेसम्म बढाउने घोषणा गरेका हुन्। विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई विश्व स्वास्थ्य संगठनको रणनीति अनुरुप आज मोदीले १९ दिनको लकडाउनको समयमा सरकार र जनताले पालना गर्ने नियमहरु सार्बजनिक गरे। यसअघि २१ दिनको लकडाउन घोषणा गरेको भारतले थपिएको समयसहित ४० दिनसम्म लकडाउनमा राख्ने भएको हो। प्रधानमन्त्री मोदीले २० अप्रिलसम्म सबै जिल्ला, राज्यहरुको अवस्थाबारे कडा रुपमा मुल्यांकन गर्ने बताएका छन्। एक हप्तामा मुल्यांकन गरेर हटस्पोट बन्ने सम्भावना नदेखिए त्यो स्थानमा २० अप्रिलबाट केहि छुट दिने बताए। बाहिर निस्किने नियमहरु निकै कठोर हुने समेत उनले बताए। उनले गरिब जनताहरुको रोजी÷रोटिलाई ध्यान दिएर यो निर्णय गरेको बताएका छन्। उनले अप्रिल २० बाट लकडाउन छुट भने सर्त अनुसार हुने बताए। छुट दिने भनिएको स्थानमा पनि मुल्यांकन भईराख्ने बताउँदै यदि त्यहाँ जनताहरुको लापरबाही र हटस्पोट बन्ने देखिए उक्त छुट तत्काल नै खारेज गरेर पूर्ण रुपमा लकडाउन गर्ने बताए। छुटका बारेमा भोलि भारत सरकारले सबै नियमहरुको निदेशिका जारी गर्नेछ। मोदीले लकडाउनको अवधिभर चाहिने स्वास्थ्य सामग्री, औषधी र खाद्य सामग्रीहरु भण्डारण गरेको जानकारी दिए। उनले कोरोनाका बिरामीलाई मध्यनजर राखेर १ लाख बेडको व्यवस्था गरेको जानकारी दिए। त्यस्तै कोरोनाको परिक्षण र आइसोलेसनका लागि सरकारले ६०० अस्पताल बनाएको बताए। उनले यसका लागि अन्य सुबिधाहरु पनि थप्ने बताए। मोदीले भारतमा सिमित स्रोत भएपनि भारतीय बैज्ञानिकहरुलाई कोरोनाको खोप बनाउन आग्रह समेत गरेका छन्। मोदीले सम्बोधनमा सात कुरामा सरकारलाई साथ दिन जनता समक्ष आग्रह गरेका छन्। १. घरमा भएका बृद्धहरुको विशेष ध्यान दिन, २. लकडाउन, सोसियल डिसटेन्सको नियम पालना गर्न, ३. घरमै बनाएको मास्क प्रयोग, ४. स्वास्थ्य मन्त्रालयले जारी गरेको नियम पालना गरौ, ५. अरोज्ञा सेतु मोबाइल एप डाउनलोड गर्ने, ६. जति सकिन्छ गरिब जनताको रेकदेख गर्ने, ७. कुनै पनि व्यवसायमा काम गर्ने कामदारलाई कामबाट ननिकाल्न र पुलिस, स्वास्थ्यकर्मीहरुको सम्मान गरौ। शनिबार प्रधानमन्त्री मोदीले सबै राज्यका मुख्यमन्त्रीहरुसँग यस बारेमा छलफल गरेका थिए। छलफल पश्चात नौ राज्यले लकडाउनको अवधि बढाउन सुझाव दिएका थिए भने अन्य राज्यहरु प्रधानमन्त्रीको आदेशको पर्खाइमा थिए। मोदीले सम्बोधनमा सबै राज्यका मुख्यमन्त्री, स्वास्थ्यकर्मी, तथा अन्य संयन्त्रहरुको सल्लाहमा नै लक डाउन बढाएको बताए। https://www.facebook.com/himaldainik/videos/220585862549416/?t=0
प्रकाशित मिति: शनिबार, चैत २९, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update