हिमाल दैनिक
भारतमा कोरोन संक्रमणको संख्या बढ्दै गएको छ। स्वस्थ्य मन्त्रालयका अनुसार २४ घन्टामा भारतमा १ हजार ३५ संक्रमित् भेटिएको छ भने अहिलेसम्म ८ हजार ४४६ संक्रमण फेला परेको छ। भारतमा हालसम्म २८८ को ज्यान गएको छ । मन्त्रालय अनुसार २४ दिन यता ४० जनाको मृत्यु भईसकेको छ । भारतमा सबैभन्दा बढी संक्रमण महाराष्ट्रमा देखिएको छ। महाराष्ट्रमा कोरोनबाट ११० जना को मृत्यु भएको छ भने १ हजार ५७४ मा कोरोनको संक्रमण देखिएको छ। महाराष्ट्रपछि दिल्लीमा कोरोनको संक्रमण बढी देखिएको छ। मन्त्रालयका अनुसार दिल्लीमा अहिलेसम्म १ हजार भन्दा बढीमा संक्रमण देखिएको छ। मुम्बईमा भने २४ घन्टामा १३८ जना संक्रमण देखिएको छ। शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबै राज्यका मुख्यमन्त्रीहरुसंग भिडियो कन्फरेन्स (भर्चुअल) मार्फत बैठक बसेका थिए। भारतमा संक्रमणको संख्या बढ्दै गएपछि लकडाउन अवधि बढाउने बताइएको छ। भारतीय संचार मध्यमका अनुसार छिट्टै प्रधानमन्त्री मोदीले देशवासको नाममा सम्बोधन गरेर लकडाउन समय थप गर्ने छन्। यद्दपी चार राज्य: महाराष्ट्र, पंजाब, ओडिशा, बंगालका मुख्यमन्त्रीहरुले शनिबारबाट थप २ हप्ताका लागि थप्ने निर्णय गरेको छ। प्रधानमन्त्री मोदीले मार्च १९ मा देशवासीको नाममा सम्बोधन गरेर मार्च २२ बाट जनता कर्फ्यु लगाउने घोषणा गर्दै भारतमा पहिलो पटक लकडाउन गरेका थिए । दोश्रो पटक मोदीले मार्च २४ गते फेरी सम्बोधन गर्दै लकडाउन थप अप्रिल १४ सम्म बढाउने निर्णय गरेको थियो। भारतमा अहिलेसम्म ७ हजार ९ सय ९७ जनामा कोरोनाको संक्रमण देखिएको छ भने कुल २४९ जनाको मृत्यु भएको छ। कोरोनाको संक्रमण महाराष्ट्रमा बढी देखिएको छ। गएको २४ घन्टायता १ हजार ३५ जना नयाँ संक्रमित थपिएको छ भने ४० जनाको ज्यान गएको छ। यस समन्धी थप समाचार: https://himaldainik.com/?p=86875
प्रकाशित मिति: बिहीबार, चैत २७, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update