बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई अस्पतालमा भर्ना गरिएको छ।
आइतबार साँझ उनमा ज्वरो आउने लगायत अन्य कोरोनाको लक्षण देखिएपछि डाक्टरको सल्लाहबमोजिम उनलाई अस्पताल भर्ना गरिएको उनको कार्यालयले जनाएको छ।मार्च २७ गते कोरोना भाइरसको टेष्ट गर्दा प्रधानमन्त्री जोनसनमा कोरोनाको संक्रमण देखिएको थियो।
यो कुराको पुष्टि जोनसनले आफ्नो सामाजिक संजाल ट्वीटर मार्फत जानकारी दिएका थिए। कोरोना संक्रमण देखिएको १० दिन पछि जोनसनको स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पतालमा भर्ना गरिएको हो।
अन्तराष्ट्रिय संचार मध्यम बीबीसीका अनुसार जोनसनलाई एक रात अस्पतालकै निगरानीमा राखिने बताइएको छ। उनको अनुपस्थितिमा कोरोना भाइरससम्बन्धी बैठकको अध्यक्षता बेलायतका परराष्ट्रमन्त्रीले अध्यक्षता गर्ने प्रधानमन्त्री कार्यलयले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय