हिमाल दैनिक
आज शेयर बजारमा सर्किट लागेको छ। तीन पटकसम्म नेगेटिभ सर्किट ब्रेक भएपछि आज पनि समय अघि नै सबै कारोबार बन्द गरिएको हो। बिहिबार बिहान ११ बजे खुलेको शेयर बजार ६ % ले घटेपछि आजका लागि सबै कारोबार बन्द भएको छ। आज ८०.४१ अंकले घटेर १२५६।११ पुगेपछि आजको कारोबार बन्द भएको हो। मंगलबार र बुधबार पनि सर्किट ब्रेकका कारण शेयर बजार बन्द भएको थियो। दुई दिन सकारात्मक सर्किट लागिराखेका बेला आज सुरु देखि नै नकारात्मक सर्केट लागेको थियो ।  सामुहिक लगानी कोषमा केहि अंकको वृद्धि भएपनि अन्य उपसमुह भने उरोलो लागेको छ।  होटेल समूहमा ८ अंक, बैंकिङ ८७, विकास बैंक ७६, जलविद्युत ३४, फायनान्स ०.३० , निर्जीवन बीमा समूह १७८.३१, उत्पादन १२८.५२, अन्य ३१.३९, माइक्रोफाइनान्स ७१.२६, जीवन बीमा ६०८ अंकले घटेको छ।
प्रकाशित मिति: सोमबार, असार १५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update