हिमाल दैनिक
नेपाली बजारमा आज सुनको बढेको छ। मंगलबार प्रति तोलामा ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार भने ५ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ भने तेजावी सुन प्रति तोलामा ९१ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको छ। यो अहिलेसम्म उच्च मुल्य हो। त्यस्तै आज चाँदीको मुल्य पनि १५ रुपैयाँले बढेको छ । आइतबार देखि ९ सय ४५ रुपैयाँमा कारोबार चाँदी आज १५ रुपैयाँ बढेर ९ सय ६० मा करोबार भईराखेको महासंघले जनाएको छ । कोरोनाका कारण चैत ११ गतेदेखि बन्द भएको सुनचाँदीको कारोवार जेष्ठ २५ गते बाट शुरु भएको थियो। सुनको मुल्य प्रति तोला ८७ हजार ४०० तय गरिएको सुन आज सम्म आइपुग्दा ४ हजार ३ सय रुपैयाँले वृद्धि भएको छ।
प्रकाशित मिति: आइतबार, असार १४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update