विश्वव्यापी बजारमा आफ्नो पकड जमाउन सफल एल.जी. इलेक्ट्रोनिक्सको एल.जी. इन्स्टाभ्यू डोर इन डोर रेफ्रिजेरेटरको विक्री १० लाख इकाई पुगेको छ।
सन २०१६ मा एल.जी.ले बजारमा ल्याएको उक्त रेफ्रिजेरेटरको विश्वव्यापी बिक्री यसै महिनाभित्र १० पुर्याएर नयाँ कीर्तिमान कायम गरेको एल.जी. इलेक्ट्रोनिक्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
कम्पनीका अनुसार, विश्वका ६ महाद्विपका करिब १५० देशमा बिक्री वितरण भइरहेको ठूलो क्षमताको उक्त रेफ्रिजेरेटर औसात ७०० इकाई प्रतिदिन बिक्री हुने गरेकोमा यहि महिना महिना १० लाख बिक्री होे।
एल.जी. इलेक्ट्रोनिक्सको प्रिमियम इन्स्टाभ्यु डोर इन डोर रेफ्रिजेरेटर एक उन्नत पाक जीवनशैली वितरण गर्नको लागि डिजाईन गरिएको छ। यसले स्टाइलिश सौन्दर्यशास्त्र र व्यवहारिक सुविधाहरुको गर्व गर्दा जुन विश्वको सबैभन्दा प्रतिष्ठित डिजाईन पुरस्कारहरु जस्तै रेड डट डिजाईन पुरस्कार र आइएफ डिजाईन अवार्ड समत हात पारेको कम्पनीको दाबी छ।
एल.जी.इन्स्टाभ्यु डोर इन डोर रेफ्रिजेरेटरको नाम फ्रिजको ढोकाबाट प्राप्त गरेकोे हो, जुन पारदर्शी विन्डोमा रुपान्तरण गर्न सकिन्छ। यसले प्रयोगकर्ताहरुलाई ढोका नखोली भित्र के छ हेर्न मिल्छ र साथै चिसो हावा बाहिर निस्कन दिदैन।
प्रकाशित मिति: आइतबार, असार ७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय