नेपालमा स्थापित व्यापारिक समूह चौधरी ग्रुप अर्न्तगत सि.जी. कम्पनीले आफ्ना ग्राहकहरुको निम्ति कोरोना भाइरससँग सम्बन्धित ‘कोभिड विमा योजना’को घोषणा गरेको छ।
कम्पनीले जारी गरेको विज्ञप्ति अनुसार, यस योजना अर्न्तगत ग्राहकहरुले सि.जी. एइडी टिभी तथा घरायसी सामानहरुको खरिदमा डेढ लाख रुपैयाँसम्मकोे सुरक्षा पाउनेछन्।
यो योजना सबै स्टार्स तथा अनलाइन खरिदमा आगामी चैत ३१ गते अर्थात करिब साढे ९ महिनासम्मका लागि लागू हुने बताइएको छ।
सि.जी. ब्राण्डका घरायसी सामाग्रीहरुमा घरलाई स्वस्थ र सुरक्षित राख्दै किटाणुरहित जीवनयापनको सहजता प्रदान गर्न सक्ने गुणहरु रहेका छन्।
कोभिड–१९ विमा योजना अनुरुप ग्राहकहरुले ५० हजार रुपैयाँ प्रति व्यक्ति प्राप्त गर्न सक्ने पनि विज्ञप्तिमा जनाइएको छ।
यो योजना सि.जी.ले कोरोना भाइरससँग लड्नको लागि र यस महामारीको समयमा आफ्नो ग्राहकहरुका स्वास्थ्यप्रतिको चासाको परिणाम स्वरुप अघि सारेको बताइएको छ।
प्रकाशित मिति: शुक्रबार, असार ५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय