हिमाल दैनिक
चौतर्फी विरोधपछि कर विभागद्वारा गल्ती सच्याउँदै असार ७ सम्मको म्याद थप
thumbnail-1485161574_Inland-Revenue-Department-B_20120605080216
उद्योग, व्यवसायी र आम करदातालाई लकडाउनकै अवधिमा कर दाखिला गर्न ताकेता गरेको सरकारी निकायले चौतर्फी आलोचना र दबाबपछि केही कदम पछि हटेको छ। कोरोना महामारीको त्रासमा उद्योग, व्यवसाय र कारोबार बन्द गरी बन्दाबन्दीको अवस्थामा रहेका व्यवसायी र करदातालाई लकडाउनकै बिचमा पाँच दिनको म्याद दिएर जेठ २५ भित्र चैत्रसम्मको कर विवरण तथा रकम भुक्तानीको ताकेता गरेको आन्तरिक राजस्व विभागले बुधबार उक्त सूचनामा उल्लेखित समयावधि थप गरेको छ। अर्थमन्त्रालय अन्तर्गतको राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गर्दै यसअघि जेठ २५ सम्ममा कर विवरणसहित कर दाखिला गर्न भनेकोमा उक्त समयसीमामा दुई हप्ता थप गर्दै असार ७ गतेसम्मको समय तोकेको छ। सरकारले जेठ मसान्तसम्म लकडाउन आदेश जारी गरेकै अवस्थामा पाँच दिनको समय दिएर गरिएको ताकेताले उद्योग, व्यवसायीदेखि उनीहरु सम्बन्धीत संस्था, सर्वसाधारण करदातादेखि प्रमुख विपक्षी दल नेपाली कांग्रेसले समेत सरकारको निर्णयप्रति व्यवहारिक र मनोवैज्ञानिक प्रश्न उठाएका थिए।
प्रकाशित मिति: आइतबार, जेठ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update