हिमाल दैनिक
कोरोना महामारीका कारण उद्योग, कलकारखाना र व्यवासय बन्दगरी विगत ७१ दिनदेखि बन्दाबन्दीको अवस्थामा बसेका व्यवसायीदेखि, कर्मचारी र सामान्य करदातालाई सरकारले ५ दिनभित्र कर विवरणसहित कर भुक्तानी गर्न आदेश दिएको छ। विश्वभर महामारीका रुपमा फैलिएको कोराना भाइरस संक्रमणको त्रासमा सरकारले चैत ११ गतेदेखि जारी गरेको लकडाउन आदेशलाई जेठ मसान्तसम्म निरन्तरता दिँदै आम जनतालाई घरभित्रै बस्न आदेश दिएको सरकारले त्यहिबीचमा उद्योग व्यवसायीदेखि सर्वसाधारण करदातालाई जेठ २५ भित्र कर विवरणसहित कर भुक्तानी गर्न आदेश दिएको हो। कर विवरण तथा कर बुझाउने सम्बन्धी सूचना मंगलबार प्रकाशित गर्दै अर्थ मन्त्रालयको आन्तरिक राजस्व विभागले मूल्य अभिवृद्धि कर ऐन २०५२ बमोजिम २०७६ साल फागुन र चैत महिनाको मासिक कर विवरण, माघ र फागुनको द्विमासिक र मंसिर–फागुनको चौमासिक कर विवरण तथा ती विवरण बमोजिमको कर दाखिला गर्न जेठ २५ गतेसम्मको समय दिएको छ। सरकारी निकायले जारी गरेको उक्त सार्वजनिक सूचनाले जनताको दैनिक जनजीवन र व्यवसायप्रति मात्र होइन परिस्थितिको गम्भीरतालाई बुझ्न सक्ने क्षमता समेत सरकारले गुमाएको त होइन भन्ने आशंका उब्जाएको छ। यसैगरी आन्तरिक राजस्व विभागले फागुन र चैत महिनामा बुझाउनु पर्ने अन्तःशुल्क विवरण र शुल्क पनि सोही म्यादभित्रै बुझाउन भनिएको छ। संक्रमणको समयमा पनि सरकारले विवेकपूर्ण निर्णय लिन नसकी सरकारले जारी गरेको सार्वजनिक सूचनाले उद्योग व्यवसायीदेखि सर्वसाधारण जनता समेतले आक्रोस व्यक्त गरेका छन्। यसरी सार्वजनिक सूचना आएलगत्तै युवराज आचार्यले आफ्नो फेसबुकमार्फत सरकारको निर्णयप्रति कटाक्ष गरेका छन्। उलने भनेका छन्, पसल खुलेको छैन, लेखा हेर्ने मान्छे घर गाको फिर्या छैन, कहिले खुल्ने टुंगो छैन। श्री ७हरुले नेपाल बन्द घोषणा गर्देर कालो सिसा भाको गाडीमा भाग्नु भयो आफू पसल व्यवसाय भाको ठाउँ समेत जान पाको छैन। जनताको सरकारले कर दाखिला गर्ने म्याद जेठ २५ तोक्या, ३२ गतेसम्म घर बाहिर ननिस्क भन्यो। कर तिर्न पैसा जोहो गर्न कमलादीमा जुवा खेल्न बसेका केही ठूला घरानाका व्यापारी समायो। म सानो जागिरे, चैतको तलब खाको छैन के अग्रीम कट्टी गर्ने हो? साढेसात भनेको यही रैछ,’ आचार्यले भनेका छन्।
प्रकाशित मिति: शनिबार, जेठ १७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update