हिमाल दैनिक
भाटभटेनीले लियो महंगो मूल्य, तीन लाख जरिवाना
5vfdl5phNtBs0r3BYimNYoYE55CQMmIYIMyUi5Mw
भाटभटेनी सुपरमार्केट टंगाललाई सरकारले तीन लाख रूपैयाँ जरिवाना तिराएको छ। उपभोग्य सामानमा एमआरपी भन्दा बढी मूल्य लिइ बिक्री गरेको अनुगमनको क्रममा पाइएकाले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ। भाटभटेनीले उपभोक्ता संरक्षण ऐन २०७५को १६(२)(क)बमोजिम काम गरेकोले ३८(ङ) को कसूरमा ३९ (१)(ख) बमोजिम कारबाही गरेको विभागले जनाएको छ। लकडाउनको समयमा बजारमा अधिक मूल्यमा उपभोग्य सामग्री बिक्रीवितरण भएको गुनासोपछि विभागले बजार अनुगमन गर्दै आएको छ।
प्रकाशित मिति: शनिबार, वैशाख १३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update