हिमाल दैनिक
कालिमाटी तरकारी बजार आजदेखि बन्द
Kalimati-Fruits-and-Vegetables-Market
कालीमाटी तरकारी तथा फलफूल बजार आजदेखि बन्द भएको छ। कालीमाटीमा स्थित देशकै ठूलो तरकारी तथा फलफूल बजारमा उपभोक्ता र व्यापारीको भीड नियन्त्रण गर्न काठमाडौँ नगरपालिकाले कारोबार बन्द गरेको हो । नगरपालिकाले बिहिबारबाट ११ स्थानमा तरकारी बिक्रि गर्न अस्थायी बजार स्थापना गरेको छ। कोरोनाका कारण लक डाउनको अवधिभर नगरपालिकाले काठमाडौँको खुलामञ्च, तीनकुने, गौशाला, चक्रपथ, महाराजगञ्ज, बालाजु, बल्खु लगायतका ११ स्थानमा तरकारी बिक्रि गर्ने स्थान तोकेको छ। हाल कालिमाटीमा भित्रिएका सबै तरकारी र फलफुललाई भण्डारण गरेर तोकेको बिक्रि स्थानमा लगेर बिक्रि गर्ने व्यवस्था मिलाएको नगरपालिकाले जानेको छ।
प्रकाशित मिति: सोमबार, चैत २४, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update