कोरोना भाइरसका संक्रमितको संख्या ज्यामितीय ढंगले बढिरहँदा सरकारको कार्यशैली र रणनीतिले थेप्नै नसक्ने अवस्थामा पुग्न लागेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा कारोना भाइरसबारे ध्यानाकर्षण प्रस्ताव दर्ता गरेको छ।
चैत ९ गते दुई जना संक्रमित देखिएकोमा चैत ११ गते लकडाउन आदेश जारी गर्दैगर्दा ४८ जना देखिएकोमा वैशाख २५ मा सय जना पुगेर असार २ गतेसम्म आउँदा सात हजार नजिक पुगेपछि कांग्रेसले बुधबार संसदमा ध्यानाकर्षण प्रस्ताव दर्ता गरेको हो।
कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाण, सचेतक पुष्पा भुसाल (गौतम) र सांसद गगनकुमार थापा जनस्वास्थ्य विज्ञहरूका अनुसार आउने दिनहरुमा संक्रमणको दर अझै बढ्दै जाने देखिएको र अहिलेसम्म तुलनात्मक रूपमा कम सङ्ख्यामा संक्रमित हुँदा त नागरिकको ज्यानको उचित सुरक्षा दिन नसक्ने सरकारले हाम्रो स्वास्थ्य प्रणालीको सघन उपचार क्षमताले धान्न नसक्ने गरी संक्रमितको संख्या बढ्दै जाँदा त्यसको व्यवस्थापन कसरी गर्न सक्छ भनि प्रश्नसहितको प्रस्ताव दर्ता गरेका हुन्।
फागुन २३ गते कोरोना संक्रमणबारे अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि सदनमा छलफल पश्चात संसदले दिएको निर्देशनका बाबजूद सरकारले संक्रमणको नियन्त्रणमा सरकारको तयारी फितलो देखिएपछि कांग्रेसले सरकारले जनसंस्थ्यमा खेलबाढ गरेको आरोप लगाउँदै कांग्रेसले अर्को प्रस्ताव ल्याएको हो।
‘हाल कोभिड-१९ रोकथाम तथा नियन्त्रणका सन्दर्भमा स्वास्थ्य क्षेत्रसंग सम्बन्धित देहायका विषयहरूमा नेपाल सरकारको तर्फबाट गरेका काम र तयारीका सम्बन्धमा सदनलाई स्पष्ट पार्न र जनस्वास्थ्यमा थप संकट आउन नदिन तत्काल सदनले सरकारलाई मार्गनिर्देश गर्न अपरिहार्य भएकोले यो ध्यानाकर्षण प्रस्ताव पेश गरेका छौं,’ प्रस्तावमा भनिएको छm
कोरोना भाइरसले पछिल्लो समयमा नेपालमा आक्रान्त बनाई राखेको बेला सरकार भ्रस्टाचार र अनियमितताका एकपछि अर्को प्रकरण सार्वजनिक हुनुले सरकारको गैरजिम्मेवारीपनको उजागर गरेको बताएका छन्।
यस्तो विषम परिस्थितिमा सरकारले जनताको स्वास्थ्यमा खेलवाड गरेको कांग्रेसले दाबी गरेको छ। त्यस्तै राज्यको स्रोत साधनको दुरपयोग गरेको लागयतका १० बुंदे प्रस्ताब दर्ता गरेको छ। हिजै मात्र कांग्रेसले प्रधानमन्त्री देखि सबै प्रदेशका मुख्यमन्त्रीहरुलाई ध्यानकर्षण गदै ज्ञापनपत्र बुझाएका थिए।
[pdf-embedder url="http://himaldainik.com/wp-content/uploads/2020/06/asd.pdf"]
प्रकाशित मिति: आइतबार, जेठ ३२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय