हिमाल दैनिक
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गरेको खर्च पारदर्शी हुनुपर्ने माग राख्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । नेविसंघले सोमबार कोरोना नियन्त्रणका लागि भएको खर्च पारदर्शी नदेखिएको भन्दै पारदर्शी ढंगबाट सार्वजनिक गरिनुपर्ने माग राख्दै काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेको हो । त्यस्तै उनीहरुले कोरोना जाँचका लागि पीसिआर बिधिलाई भरपर्दो र सहज बनाउनुपर्ने, क्वारेन्टाइनको अवस्था सुधार हुनुपर्ने लगाएतका माग पनि राखेका छन् । नेविसंघका महामन्त्री मनोज बैद्यले कोरोना नियन्त्रण र रोकथामका लागि राज्यलाइ आफ्नो दायित्व पुरा गराउन ध्यानाकर्षण गराउन विरोध गरेको बताए । उनले कोरोना नियन्त्रण र रोकथामका लागि भएको खर्चको पारदर्शी रुपले सार्वजनिक गर्नुपर्ने र कसैले पनि कोरोनाको नाममा भ्रष्टचार गर्न नपाउने उनको भनाई छ । https://www.facebook.com/himaldainik/videos/264575431477387/?t=10 नेविसंघका कार्यकर्ताले ‘सरकार, १० अर्बको हिसाब खोइ ?’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका थियो । नेविसंघले अध्यक्ष राजीव ढुंगानासहित केन्द्रीय पदाधिकारीको उपस्थितिमा सडक प्रदर्शन गरेको हो ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update