सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ। बुधबार अबेर राति सम्पन्न मन्त्रिपरिषद् बैठकले भोलिदेखिनै लागू हुने गरि सबै पसल र निजी सवारीसाधन जोरबिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको हो।
बैठकले लकडाउनको केही मोडालिटीसमेत बनाएको छ। जसमा बिहीबारदेखि लागु हुनेगरी मोटरसाइकलमा एक जना मात्र चढ्ने, निजी सवारी र ट्याक्सीमा चालकबाहेक दुई जना सवार हुनेगरी चलाउन सबैलाई खुला गर्ने निर्णय गरेको हो। यद्यपी ती सवारी साधन जोर-बिजोर प्रणालीमा संचालन हुनेछन्। लामो रुटकालाई भने अहिले अनुमति नदिने निर्णय भएको छ।
जोर अंकको गते सवारी साधनको अन्तिम अंक जोर भएका सवारी साधन र बिजोर अंकको गते सवारी साधनको अन्तिम अंक बिजोर भएका सवारी साधन मात्रै चल्न पाउनेछन् ।
रेष्टुरेन्टहरूमा टेक अवे सर्भिस (खाना लैजाने मात्र) खुला गर्ने भएको छ।
त्यसैगरी सरकारी कार्यालय असार १ गतेदेखि पूर्णरुपमा सञ्चालन गरिने भएको छ। तर, शहर प्रवेश गर्ने नाकामा थप कडाई गर्ने निर्णय समेत गरिएको छ।
यसअघि आजै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा जनजीवन सहज पार्नका लागि केही निर्णय लिने बताएका थिए।
मन्त्रिपरिषद् बैठकले लकडाउनको खुकुलो पार्ने मोडालिटी तय गरेको हो । जनजीवन सहज पार्नका लागि मन्त्रिपरिषद्ले गरेका सबै निर्णय र लकडाउन खुकुलो पार्ने मोडालिटी बिहीबार मात्रै सार्वजनिक गर्ने भएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ २५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय