स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको स्वाव परिक्षणमा कोरोना भाइरस नेगेटिभ रहेको जन स्वास्थ्य महाशाखाले जनाएको छ।
केही दिनअघि कोरोना भाइरस संक्रमितसँग भेटघाट गरेका मन्त्री ढकाल संक्रमितहरुसँग सम्पर्कमा आउनेहरुको जस्तै परिक्षण गरिनु अघि केही समय उनी आफ्नो सरकारी निवासमै सेल्फ क्वारेन्टिनमा रहेका थिए।
मन्त्री ढकाललाई पनि कोरोना संक्रमणको आशंका गरी विभिन्न संचारमाध्यमले समाचार प्रकासित गरिरहेकै बेला मंगलबार उनको स्वाव परिक्षणमा नेटेटिभ रिजल्ट आएको जन स्वास्थ्य विभागका एक अधिकारीले बताए।
मन्त्री ढकालको रिपोर्ट नेगेटिभ आएपछि उनी आफ्नो नियमित कामका लागि अपरान्ह मन्त्रालयमा पुगेको स्रोतले बतायो।
प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय