हिमाल दैनिक
रौतहटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले दुई संक्रमित भारतबाट आएको जानकारी दिएका हुन् । काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । चैत २२ गते कलकत्ताबाट आएका बृन्दावन नगरपालिकाका २४ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको हो । भने अर्का संक्रमित देवाही गोनाही नगरपालिका निवासी ३५ वर्षीय पुरुष हुन् । उनी पनि वैशाख ४ गते दिल्लीबाट आएका थिए । मंगलवार थपिएका २ कोरोना संक्रमितसँगै कोरोना संक्रमितको संख्या ५४ जना पुगेको छ भने हालसम्म १६ जना उपचारपछि निको भएर घर फर्किएको प्रवक्ता देवकोटाले जानकारी दिए । उनले हालसम्म ५४ हजार ८२६ जनामा कोरोना परिक्षण भएको बताउनुभयो भने आइशोलेशनमा १०७ जना रहेको जानकारी पनि गराए । अहिले कोरोनाभाइरसका सबैभन्दा बढी संक्रमित विराटनगरमा उपचार गराइरहेका छन् । त्यस्तै, चितवनमा एक जना, धनगढीमा एक जनाको उपचार भइरहेको छ । वीरगन्जमा अब तीन जनाको कोरोनाभाइरस संक्रमणका एक्टिभ केसहरु रहेको उनले बताए ।
प्रकाशित मिति: शनिबार, वैशाख १३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update