हिमाल दैनिक
लकडाउनको समयावधि बारे छलफल गर्न बस्ने भनेको मन्त्रिपरिषदको बैठक ५ बजेका लागि सारिएको छ । लकडाउनको अवधि सोमबार सकिदै गर्दा सरकारले लक डाउनको अबधि बारे छलफल गर्न आज २ बजे बस्ने भनिएको मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको समय व्यस्तताका कारण ५ बजे सारिएको हो। शनिबार बसेको कोरोना उच्चस्तरीय समितिले लक डाउनको अबधि थप एक हप्ता बढाउन मन्त्रिपरिषदलाई सुझाब थिएको थियो। समितिले लक डाउनको ३४ औं दिन सम्म आइसक्दा कोरोना जोखिम नभएका स्थानहरुमा, हिमाली क्षेत्रहरुमा खुकुलो गर्न सुझाब पनि दिएको छ। समितिले आन्तरिक एवम् वाह्य हवाई उडान जेठ २ गतेसम्मका लागि स्थगित गरेको छ । सरकार चैत्र ११ देखि सुरु गरेको लक डाउन कोरोनाको संक्रमण बढ्दै गएपछि समयावधि तीन पटकसम्म बढाएको थियो। स्वास्थ्य मन्त्रालयका अनुसार आज थप दुई जनामा कोरोनाको संक्रमण देखिएको छ। यो संगै  ५१ जनामा संक्रमण देखिएको छ भने १२ जना स्वास्थ्य लाभ लिई सकेका छन्।  बाँकि संक्रमितहरुको पनि स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको  छ।  
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update