सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका सहयोगीहरुले आफ्नै पार्टीका नेताहरुविरुद्ध विषवमन गर्दै आरोप÷प्रत्यारोपमा उत्रिएपछि नेकपाभित्रको अन्र्तकलह छताछुल्ल भएको छ।
प्रधानमन्त्री ओलीले पछिल्लो समय अनावश्यक र औचित्यहिन अध्यादेशहरु जारी गर्ने र फिर्ता लिनेदेखि आफ्नै विश्वासपात्रहरुलाई सांसद ‘अपहरण’ र दल विभाजन गराउनेसम्मका गतिविधि गरेको आरोप लाग्दा चौतर्फी आलोचना खेप्न बाध्य भइरहकै बेला प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टीभित्रैका अरु नेताहरुमाथि गम्भीर आरोप लगाएका छन्।
आइतबार आफ्नो फेसबुकमार्फत एउटा स्टाटस राख्दै उनले सरकारलाई घेराबन्दी गरेर स्थिरताविरुद्ध चलखेल गरेको आरोप लगाउँदै भावण्डाको नाङ्गो नाँचले पार्टी नै हङ्ग पार्टीमा बदलिएको बताएका छन्।
उनले भनेका छन्, ‘ेहङ्ग पार्लियामेन्ट भयो भनेर नेपाली जनताले दुई तिहाई संख्यामा नेकपालाई जिताइदिए, नाङ्गो भागबण्डाले त हङ्ग पार्टी पो भएछ१’
साथै थापाले यसलाई जनमतको अपमान भएको दाबी गर्दै थपेका छन्, ‘जनमतको घोर अपमान, भागबन्डाको स्वभाविक परिणाम। पार्टी एकता र त्यसपछिका सहमतिहरू उल्लंघन गर्दै षड्यन्त्र र छलछामहरू गर्ने सिलसिलाको पराकाष्ठा। कोरनाका कारण उत्पन्न राष्ट्रिय संकटविरूद्द जुधिरहेको र सफल ढंगले काम गरिरहेको सरकारलाई घेराबन्दी गरेर स्थिरताविरूद्द जारी चलखेल, नेकपाको नाममा१ लज्जाशरणम् ११’
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय