
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयको बैठक बोलाएका छन्। सोमबार दिँउसो बसेको मन्त्रिपरिषदको बैठकले एकाएक दल विभाजन समबन्धि अध्यादेश ल्याउने निर्णय गरेपछि नेकपा भित्रको विवाद सडकमा छताछुल्ल भएको थियो। मन्त्रिपरिषदको निर्णय पछि नेकपा भित्र हलचल भएपछि प्रधानमन्त्री ओलीले साँझ साढे ५ बजे सचिवालयको बैठक डांकेका हुन्।
कोरोनाको कहरको महामारीका बेला जनतालाई उचित व्यवस्थापन र राहत वितरणमा ध्यान दिनुको साटो सरकारका अधिकारीहरु एक पछि अर्को विवादमा अल्झिदै गएका थिए।
जसका कारण पार्टी भित्रको असन्तुष्ट पक्षहरु आफुलाई पार्टी र सरकारको नेतृत्वबाट कोपभाजन गर्न लागेको छनक पाएपछि ओलीले एकाएक दल बिवाजन समबन्धि अध्यादेश ल्याएका छन्। राजनीति दलसम्बन्धी ऐनको दफा ३३ को २ मा कुनै दलको केन्द्रीय समिति वा संघीय संसदका संसदीय दलका कम्तिमा ४० प्रतिशत सदस्यले छुट्टै नयाँ दल दर्ता गर्न सक्ने प्रावधान सहितको अध्यादेश जारी गर्ने निर्णय गरेको थियो।
https://himaldainik.com/?p=87435 विश्वभर महामारीको रुपमा फैलिएको कोरोना कहरबाट देश र जनता सुरक्षित राख्दै उनीहरुलाई यथोचित राहतको बन्दोबस्त गर्नु पर्ने दायित्व बोकेको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार आफ्नै दलभित्रको आन्तरिक द्वन्द्धका कारण पार्टी विभाजनतर्फ उन्मुख भएको छ।
यसअघि ओलीले अध्यादेश जारी गर्ने निर्णय गरे लगतै पूर्वमाओवादी मन्त्रीहरु दाहाल निवासमा:
यस समन्धि थप समाचार:
https://himaldainik.com/?p=87435 विश्वभर महामारीको रुपमा फैलिएको कोरोना कहरबाट देश र जनता सुरक्षित राख्दै उनीहरुलाई यथोचित राहतको बन्दोबस्त गर्नु पर्ने दायित्व बोकेको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार आफ्नै दलभित्रको आन्तरिक द्वन्द्धका कारण पार्टी विभाजनतर्फ उन्मुख भएको छ।
यस समन्धि थप समाचार:
https://himaldainik.com/?p=87431प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय