हिमाल दैनिक
सरकारले हालसम्म करिब २५ हजारको कोरोना भाइरसको परीक्षण गरिएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‍र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट १६५६५ र पीसीआर विधिबाट ७ हजार ६८८ वटा गरी कुल २४ हजार २५३ वटा परीक्षण गरिएको जनाएको हो। । मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा मात्र ४ हजार ८२२ वटा परीक्षण गरिएको जानकारी दिए । उणले र्यापिड डाइग्नोस्टिक टेस्टबाट गरिने परीक्षण सोलुखुम्बु र डोल्पाबाहेक सबै जिल्लाबाट सुरु भइसकेको पनि बताए । देशभर ४ हजार ६०७ जना क्वारेन्टाइनमा रहेका र परीक्षण गरेर पठाइएसँगै उनीहरूको संख्‍या घट्दै गइरहेको प्रवक्ता देवकोटाको भनाइ छ । शुक्रबारसम्म देशभर कुल ९० जना आइसोलेसनमा रहेका छन् । तीमध्ये काठमाडौंमा ५ जना र काठमाडौंबाहिर ८५ जना रहेको मन्त्रालयले जनाएको छ । https://www.facebook.com/himaldainik/videos/1125173551159672/?t=1
प्रकाशित मिति: मंगलबार, वैशाख २, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update