हिमाल दैनिक
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषदको बैठक गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ बोलाइएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवं सभापति शेरबहादुर देउवाले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमबाट देश र जनताको सुरक्षाका लागि सरकारले चालेका कदमहरुमा आफ्नो दलको साथ रहेको जानकारी दिएका थिए। बैठकपछि प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो फेसबुकमार्फत बैठकमा पूर्वप्रधानमन्त्री देउवाले उपस्थित भएर सरकारले चालेका कदमहरुमा साथ रहेको जानकारी दिएको बताएका छन्। बैठकमा भएको थप छलफल र निर्णयबारे भने सल्लाहकार थापाले केही उल्लेख गरेका छैनन्। कोरोना भाइरसको संक्रमण विरुद्ध सरकारले लिएका कतिपय विवादस्पद निर्णय र कमिकमजोरीका बाबजूद प्रमुख प्रतिपक्षी दलसहित सिंगो देशले सरकारले जारी गरेको लकडाउन आदेशको पूर्ण पालनामा साथ र समर्थन दिँदै आएका छन्।
प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update