स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अहिले देशलाई महामारीबाट बचाउनु प्रमुख दायित्व भएको बताएका छन् ।
सोमबार नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिँदै उनले देशलाई महामारीबाट बचाउनुपर्ने र बाँकी बहस पछि गर्न उचित हुने बताए । उनले महामारीविरुद्धको लडाई सबै एकजुट भएर मात्र लड्न सकिने बताए । महामारीका बेलामा जनताको स्वास्थ्य र सुरक्षाको ग्यारेन्टी गर्नु नै प्रमुख दायित्व हुने मन्त्री ढकालको भनाइ छ ।
कोरोना भाइरसको महामारीविरुद्ध अग्रपंक्तिमा रहने चिकित्सक र स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षाको प्रत्याभूति सरकारले गर्ने उनले बताए ।
मन्त्री ढकालले अहिले कोरोना भाइरसको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्रीको विश्वब्यापी अभाव रहेकाले आफूसँग भएका साधनको दुरुपयोग गर्नबाट रोकी अधिकतम सदुपयोग गर्नुपर्ने धारणा राखे ।
प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय