हिमाल दैनिक
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नयाँ वर्षले कोरोनालाई परास्त गर्दै नेपाली जनताको सुस्वास्थ्य एवं समृद्धिको यात्रा अघि बढाउन सफलता प्रदान गरोस् भन्ने कामना गरेका छन् । नव वर्ष २०७७ का उपलक्ष्यमा आज दिएको शुभकामना सन्देशमा उनले कोभिड–१९ को जोखिम नियन्त्रण र रोकथामका लागि सरकारले अवलम्बन गरेको नीति अनुसरण गरी कोरोनासँग लड्न एकजुट हुनाको विकल्प नरहेको स्पष्ट गरेका छन् । पूर्वअध्यक्ष रेग्मीले भनेका छन्, “एकल प्रयासले मात्र लड्न असम्भव देखिएको यो महामारीलाई सामूहिक प्रयास र सहयोगले परास्त गर्न सफल होऔँ । बन्दाबन्दी ‘लकडाउन’को उल्लङ्घनबाट होइन यसको परिपालनाबाट नै हामी सुरक्षित हुन्छौँ भन्ने कुरा नबिर्साैं ।” उनले सम्पूर्ण नेपालीको सुस्वास्थ्य, शान्ति र समृद्धिका लागि शुभकामना पनि व्यक्त गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update