हिमाल दैनिक
जि–टु–जी अवधारणामा नै स्वास्थ्य सामग्री खरीदको प्रक्रिया द्रूत गतिमा
crisis-management-center
सरकारले कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि चाहिने सामाग्री तुरुन्त खरिद गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । सरकारले गठन गरेको कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सामान तत्काल खरिद गर्नका लागि स्वास्थ्य सेवा बिभागले प्रक्रिया अघि बढाइसकेको र सरकारबाट पनि जिटुजी प्रक्रियाबाट प्राथमिकताका सामान खरिदका लागि अघि बढिसकेको जानकारी दिएको हो । सेन्टरले बिभिन्न चीन, भारत लगाएत ५ देशबाट आवश्यकताका आधारमा सामान मगाउन सक्नेगरि काम भइरहेको जनाएको हो । पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा बिकास देवकोटाले बिभिन्न देशसंग कुरा भइरहेको र अन्य देशले सक्ने सामान प्राथमिकताका आधारमा भित्राइने बताए । देशभर हालसम्म २९ हजार ३ सय ८९ क्वारेन्टाइन बेड बनाएको सेन्टरको भनाइ छ । तीन हजार १ सय १४ आइसोलेसन कक्ष निर्माण भएका छन् । ८ हजार ८२ जना क्वारेन्टाइनमा रहेको र ८२ जना आइसोलेसनमा भर्नामा रहेको प्रवक्ता देवकोटाले जानकारी दिए । देशभरका बिभिन्न १३ स्थानबाट पिसिआर बिधिबाट कोरोना परिक्षण भइरहेको, छाउनी अस्पतालको मेडिकल टोलीबाट नेपाल प्रहरी र शसस्त्र प्रहरीका सम्बन्धीत व्यक्तिलाई तालिम दिइएको देवकोटाले बताए । आपूर्तिलाई व्यवस्थालाई सहजीकरण गर्न उद्योग मन्त्रालय र औषधीजन्य सामाग्रीहरु खरिदका लागि रक्षा मन्त्रालयलाई जिम्मा दिइएको प्रवक्ता देवकोटाले जानकारी दिए । सेन्टरले लकडाउन (बन्दाबन्दी) उल्लंघन गर्ने ५७ हजार ३ सय १३ जनालाई प्रहरीले कारबाही गरेको क्राइसिस म्यानेजमेन्ट सेन्टरले जनाएको छ । लकडाउनको अवधीमा ३२ हजार ७२४ सवारी साधन नियन्त्रणमा लिएको तथा कारबाही गरिएकामध्ये ५७ हजार ३ सय २ सर्वसाधारण र २७ हजार ४ सय ४२ सवारीलाई प्रक्रिया पुर्‍याएर छाडिएको समितिले जानकारी दिएको छ । समितिले लकडाउनपश्चात् विभिन्न स्थानमा अड्किएका ४ हजार ४६ जना पर्यटकलाई उद्धार गरेर काठमाडौं ल्याइ सम्बन्धित देश पठाएको बताएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत २७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update