स्वास्थ्य मन्त्रालयले अहिलेसम्म कोरोना संक्रमणको ४ हजार ४२६ नमुनाको परिक्षण सम्पन्न भएको जानकारी दिएको छ । मन्त्रालयमा शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले ४ हजार ४२६ नमुनाको परिक्षण सकिएको र नयाँ पोजेटिभ नदेखिएको बताए ।
यसअघि पोजेटिभ देखिएका ८ जना अहिले उपचारत रहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले बताउनुभयो । त्यस्तै पछिल्लो २४ घण्टामा ८ सय ९७ जनाको नमुन परीक्षण भएको छ ।
प्रवक्ता देवकोटाका अनुसार केन्द्रीय प्रयोगशाला टेकुमा अहिलेसम्म ३ हजार ३९२ को नमुना परिक्षण भएको छ । टेकुमा पछिल्लो २४ घण्टामा ६०९ जनाको नमुना परिक्षण सम्पन्न भएको छ । त्यस्तै काठमाडौँ बाहिर अहिलेसम्म ७ सय ४२ जनाको नमुना परिक्षण भएको छ भने पछिल्लो २४ घण्टामा २८८ जनाको नमुना परिक्षण भएको उनले बताए ।
उनले अहिले दैनिक ७ देखि ८ सयका दरले नमुना परिक्षण हुनथालेको बताए । उनले अहिले रयापिड टेस्ट किट सातै प्रदेशका सबै जिल्लामा पुगेको बताउदै उनले सुदूरपश्चिमका सबै जिल्लामा टेस्ट गरिने बताए ।
https://www.facebook.com/himaldainik/videos/514755666143630/?t=2
प्रकाशित मिति: बुधबार, चैत २६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय