नेपाली काँग्रेस कास्कीले राष्ट्रिय संकटका बेला अग्रपंक्तिमा रहेर सेवा दिइरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल माथि उठाउन माग गरेको छ ।
सरकारले मानसिक दबाब र त्रासपूर्ण वातावरणमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई काम गराउन नहुने भन्दै उनीहरुका लागि आवश्यक सुरक्षा सामग्री र सुविधासहित व्यवस्था गरी मनोबल उठाउने वातावरण बनाउन माग गरेको हो ।
कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा जारी विज्ञप्तिमा राहत वितरण समेत प्रभावकारी नभएको भन्दै ध्यानाकर्षण भएको उल्लेख छ ।
‘राहत अत्यावश्यक रहेको वर्ग मजदुर र ज्यालादारी गर्नेसम्म राहत पुग्न नसकेको गुनासो टोलटोलबाट आएको छ विज्ञप्तिमा भनिएको छ,राहत नपाउँदा कष्टकर दैनिकी बिताउन बाध्य मजदुर र ज्यालादारी वर्गलाई यथाशिघ्र राहत उपलब्ध गराउँन माग गर्दछौं।’
विज्ञप्तिमा राहत वितरणमा देखिएको राजनीतिक पूर्वाग्रहप्रति समेत आपत्ति जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत २५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय