हिमाल दैनिक
कांग्रेस नेता पौडेलद्वारा अर्थतन्त्रमा कोरोना कहरको असरबारे विज्ञहरुसंग भिडियो कन्फरेन्स
RC PAUDEL
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कोरोनाको संक्रमणपछिको अर्थतन्त्रमा सुधारका लागि विज्ञहरुसंग छलफल गरेका छन्। सरकारले लागू गरेको लकडाउनका कारण आफ्नै निवासमा एकान्तवासमा रहेका नेता पौडेलले भिडियो कन्फरेन्स मार्फत बिहिवार अर्थतन्त्रको विषयमा विज्ञहरुसंग छलफल गरेका हुन्। छलफलमा योजना आयोगका पूर्व उपाध्यक्षहरु गोविन्द पोखरेल, स्वर्णिम वाग्ले, इन्जिनियर कमल रिजाल, सुरज पोखरेल, सिद्धिगणेश श्रेष्ठ, माधवप्रसाद पौडेल, प्रधुम्नराज पाण्डे, सहदेवप्रसाद हुमागाँई सहभागी रहेका थिए। उनीहरुले अर्थतन्त्र उकास्नका लागि कृषि क्षेत्रलाई प्रथामिकतामा राख्नुपर्ने धारणा राखेका थिए। छलफल कृषि उत्पादन, कृषि मजदुर, कृषि उपज र त्यसको ढुवानीका विषयमा केन्द्रीत भएको थियो। विज्ञहरुले कृषि क्षेत्रबाट अर्थतन्त्र सुधार गर्नका लागि भूमि बैंकको व्यवस्था, सहकारीको सक्रियतामा बृद्धि गर्नुपर्ने बताएका थिए। छलफलमा स्वर्णिम वाग्लेले कृषि क्षेत्रलाई राहत दिनुपर्ने कृषि क्षेत्रले दिनसक्ने आउटपुटका आधारमा विशेष प्याकेजको घोषणा गर्नुपर्ने सुझाव दिएका थिए। छलफलमा कोरोना भाइरसको कारण विश्वभर उत्पन्न आर्थिक प्रभावसँगै नेपालमा पर्नसक्ने असरबारे नेता पौडेलले आजको युग अनुसारको प्रविधीको प्रयोग कृषिमा कसरी गर्न सकिन्छ भन्ने सुझाव विज्ञहरु मागेका थिए।
प्रकाशित मिति: सोमबार, चैत २४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update