सरकारले भोलि र पर्सि काठमाडौं उपत्यकाबाट बाहिर जान चाहनेलाई जाने दिने तयारी गरेको छ।
बिहिबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले उपत्यकाबाट बाहिरिन चाहने सर्वसाधारणलाई शुक्रबार र शनिबार जान सक्ने व्यवस्था मिलाएको हो।
कोरोना भाइरसको संक्रमणबाट सुरक्षित राख्न सरकारले चैत ११ गतेदेखि देशभरी नै लक डाउनको आदेश जारी गरेपछि उपत्यकामा पढ्न बसेका बिद्यार्थी, तथा कर्म गर्न आएका अन्य सर्वसाधारणहरु उपत्यकामै बस्न बाध्य भएका थिए।
पटक( पटक लक डाउन लम्बिएपछि डेरामा बस्नेहरुलाई खान र बस्नलाई समेत निकै कठिनाई भइराखेको छ।
घर जान चाहनेहरूलाई सरकारले नै गाडीको व्यवस्था गर्ने बताइएको छ। सरकारले यातायात व्यवसायीसँग समन्वय गरेर तोकेको सवारी साधनलाई मात्र चलाउने निर्णय गरेको छ। अन्य सवारी साधनलाई भने चल्न नदिइने भएको छ।
सरकारले उपत्यकाबाट बाहिरिन दिएपनि बाहिरबाट उपत्यकामा भने प्रवेशमा रोक लगाएको छ।
प्रकाशित मिति: सोमबार, चैत २४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय