हिमाल दैनिक
नेकपा बैठकमा प्रधानमन्त्रीबाट सरकारी कदमबारे जानकारी
nekpa-sachibalay-baithak
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदमबारे जानकारी गराएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री ओलीले भाइरस रोकथाम र उपचारका क्रममा चालिएका कदम र उपलब्धिबारे बैठकलाई ब्रिफिङ गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । बैठकमा नेताहरुको सामाजिक दूरी कायम हुने गरी स्थान निर्धारण गरिएको छ ।बैठकमा भाइरस रोकथामका लागि सरकारका कामको समीक्षा र पार्टीको भूमिकाबारे छलफल र निर्णय हुने जनाइएको छ । बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सचिवालयका नेता सहभागी छन् ।
प्रकाशित मिति: शनिबार, चैत २२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update