हिमाल दैनिक
कोरोना संक्रमित भेटिएका कैलाली, कञ्चनपुर र बाग्लुङ जिल्लामा कोरोना संक्रमणको पहिचानका लागि सोमबारबाट र्यापिड टेष्ट सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना नियन्त्रण तथा उपचार सम्बन्धमा गर्दै आएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ति जिल्लामा कोरोना परीक्षणको ‍र्यापिड टेष्ट सुरु गरिएको जानकारी दिएका हुन् । सरकारले तीन जिल्लामा परीक्षणका लागि आइतबार टोली पठाएको थियो शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले तीन जिल्लामा कोरोना संक्रमित भेटिएपछि ‍र्यापिड टेष्ट गर्ने निर्णय गरेको थियो । मन्त्रालयका अनुसार अहिलेसम्म १ हजार ६ सय ९७ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ ।

भिडियो:

https://www.facebook.com/himaldainik/videos/219759522466609/?t=1 वितेको २४ घण्टामा गरिएको १ सय ६८ को परीक्षणमा कोरोना नेगेटिभ देखिएको प्रवक्ता देवकोटाले जानकारी दिए । उनले १ हजार २ सय ९१ जनाले मोबाइलमा कोरोना परीक्षणको इन्ट्री गराएकोमा पछिल्लो २४ घण्टामा ५ जना रेड जोनमा परेको बताए । कोभिड १९ का लागि काठमाडौंमा १० वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको देवकोटाले बताए ।

नेपालको पछिल्लो तथ्यांक

[table id=4 /]
प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update