हिमाल दैनिक
सरकारले लक -डाउनको समय अविधि थप एक हप्ता लम्ब्याउने भएको छ । कोरोनाको संक्रमण फैलिन नदिन सरकारले दुईदेखि लामो लक डाउनलाई थप एक हप्ता लम्ब्याउन आज दुई बजे मन्त्रिपरिषदको बैठक बोलाइएको छ। स्रोतका अनुसार आइतबार कोभिड–१९ उच्चस्तरीय समितिले लक डाउनको अविधि लम्ब्याउने छलफल भएको थियो। बिश्वब्यापी रुपमा महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरसको संक्रमण नेपालमा देखिएपछि सरकारले चैत्र ११ देखि एक हप्ताका लागि लक डाउनको घोषणा गरेको थियो। यस अविधिमा नेपालमा थप संक्रमण देखिएपछि सरकारले चैत २५ गते सम्म लक डाउनको घोषणा गरेको थियो। शनिबार एकाएक कैलाली र कन्चनपुरमा गरि थप तीन जनामा संक्रमण देखिएपछि चैत्र २२ को मन्त्रिपरिषदको बैठकले एक प्रदेश, जिल्ला वा स्थानीय तहबाट अर्कोमा आवागमनमा थप कडाई गरेको थियो। आईतबार सुदुरपश्चिम प्रदेशको मन्त्रिप्रदिषदको बैठकले संघिय सरकारलाई लक डाउनको अविधि थप लम्बाउन शिफारिस गरेको थियो। त्यस्तै आजको बैठकमा सिमा क्षेत्र र स्वास्थ्य सामग्री खरिद गर्न जिटुजीबारे थप छलफल हुने समेत स्रोतले जनाएको छ। यस समन्धी अन्य समाचार :

मेडिकल सामाग्री खरिद प्रक्रियामा 'कुहिरोको काग' जस्तै सरकार, जोखिममा जनता

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसले नेपाललाई पनि चपेटमा पर्दा पनि सरकार भने संक्रमणबाट देश र जनतालाई सुरक्षित गराउने जिम्मेवारी बहनमा च्यूत जस्तै बन्न पुगेको छ। करिब चार महिना अघि चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस संक्रमण परिक्षण र नियन्त्रणका लागि आवश्यक औषधी र उपचार सामाग्री व्यवस्थापनको जिम्मेवारी पाएको कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको विवादस्पद, अपारदर्शी निर्णय र अक्षमताका कारण मेडिकल सामाग्री खरिदमा थप अन्यौलता बढेको छ। थप समाचार पढ्नुहोस्:    
प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update