हिमाल दैनिक
प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न चार बजे आकश्मिक मन्त्रीपरिषद् बैठक बोलाएका छन्। कोरोनाका कारण दुई साता लामो लकडाउन र स्वास्थ्य सामग्री खरिदलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले बैठक डाकेका हुन्। आजको बैठकमा लक् डाउनको सिमा अबिधि बारे, स्वास्थ्य सामग्री खरिदको सन्दर्भमा उठेका प्रश्न र उक्त खरिद सेनालाई गर्न दिने वा नदिने लगायतका बिषयहरुमा छलफल हुने प्रधानमन्त्री सचिवालयले बताएको छ। बिश्वभर कोरोनाको महामारीका कारण सरकारले दुई साता लामो लक् डाउन गरेको थियो। उक्त समय सकिन लाग्दा अब लक-डाउनलाई निरन्तरता दिने वा नदिने भन्ने आजको बैठकले तय गर्ने जनाएको छ।
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update