साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले स्वास्थ्य सामाग्री खरिदको जिम्मा सरकारले नेपाली सेनालाई दिनु सरकारको विफलता र लज्जाको कुरा भएको बताएका छन्।
शुक्रबार मिश्रले एक प्रेस बिज्ञप्ति जारी गर्दै इतिहासकै शक्तिशालि सरकारले कोरोनाका कोरोना संक्रमण विरूद्धको लडाईंमा स्वास्थ्य सामाग्री खरिद प्रकरणमा नेपाललाई गुहार्नु सरकारको विफलता भएको बताएका हुन।
उनले राजनीतिक तहमा मौलाएको भ्रष्टाचार र अकर्मण्यताले गर्दा राज्यका धेरैजसो अङ्गले जनताको नजरमा विश्वसनियता गुमाउँदै वताएका हुन्।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरससंग लड्न आम नागरिकले सहयोग गरेको अवस्थामा सरकारले आफ्नो जिम्मेवारी पुरा गर्न नसकेर सेनालाई गुहार्न पुग्नु राम्रो संकेत नरहेको बताए।
राज्य दोहन र भ्रष्टाचारमा लिप्त सरकारको बदनियतपूर्ण निर्णयले सृजना गरेको संकट झेल्न नेपाली सेना जस्तो संवेदनशील संस्थालाई ढाल बनाउने कदम आपत्तिजनक रहेको मिश्रले बताएका छन्।
यस्तो विषम परिस्थितिमा सरकारले नेपाली सेनालाई ढाल बनाउन नहुने बताउँदै उनले समस्याको राजनीतिक समाधान खोज्नु पर्ने जिकिर गरेका छन्।
https://www.facebook.com/rabindramishra.official/photos/a.150302918385229/2833092226772938/?type=3&theater
प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय