प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई अस्पताल भर्ना भएका छन्। शुक्रबार राती मुटुमा समस्या देखिएपछि डा भट्टराईलाई महाराजगन्जस्थित गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको थियो।
स्रोतका अनुसार मुटुको भल्भमा समस्या भएपछि तत्कालै अस्पताल लगिएको थियो। उनको शल्यक्रिया गरेर मुटुको भल्भ ओपन गरिएको छ। अहिले उनको अवस्थामा सुधार आएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, चैत २६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय