हिमाल दैनिक
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक पुनः सुचारु भएको छ। करिब तीन घन्टादेखि रोकिएको बैठक पुनः सुचारु भएको हो । बैठकमा नेकपाका अध्यक्ष एबम प्रधानमन्त्री केपी शर्मा ओली भने बैठकमा उपस्थित छैनन्। राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर आएपछि अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले स्थायी कमिटी सदस्यहरुलाई बिफ्रिङ गरिने बताइएको छ। आज बिहान ११ बजेबाट बस्ने भनिएको स्थायी समितिको बैठक प्रधानमन्त्री उपस्थित न भएपछि ढिला सुरु भएको थियो। बैठकमा सवा १२ बजेसम्म पनि प्रधानमन्त्री उपस्थित नभएपछि उनि बिनै बैठक सुरु गरिएको थियो। यता बैठक बसिराख्दा उता प्रधानमन्त्रीले एकाएक मन्त्रि परिषदको बैठक डांकी संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिश गरियो। मन्त्रि परिषदले निर्णय गरेको डेढ घण्टा पनि नबित्दै राष्ट्रपतिले संसद अन्त्यको घोषणा गरिदिईन। यस निर्णयले बैठक नै भाडियो। बैठक त्यही स्थगित गरि प्रचण्ड प्रधानमन्त्रीसम्म भेट बार्ता गरि शितल निवास पुगेका थिए। करिब १ घण्टा राष्ट्रपतिसंग भएको छलफल बारे अध्यक्ष दाहालले समितिलाई जानकारी दिन बैठक पुर्न: सुचारु भएको समितिका एक सदस्यले जानकारी दिए।
प्रकाशित मिति: सोमबार, असार १५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update