नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बालुवाटारबाट बहिरिएका छन्। आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको नेकपा स्थायी समितिको बैठकमा सहभागी हुन पुगेका अध्यक्ष दाहाललाई एकाएक संसद अधिवेशनको अन्त्य भएको सूचना पाएपछि बैठक स्थगित गरि त्यहाँबाट निस्किएका छन्।
स्थायी समितिको बैठक चलि राखेका बेला प्रधानमन्त्रिले तत्काल मन्त्रिपरिषद बैठक डांकी संसद अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिश गरेका थिए। डेढ घण्टा नबित्दै राष्ट्रपतिले आजपछि संसद अन्त्यको घोषणा गरिदिईन । उता बैठक चलिराखेको बेला एकैएक यस्तो निर्णय आएपछि बैठक नै अबरुद्ध भयो ।
बैठक स्थगित गरेर प्रधानमन्त्री ओली र प्रचण्ड बीच केहि बेर छलफल भएको छ। उनि अहिले राष्ट्रपतिलाई भेट्न शितल निवास बालुवाटार पुगेका छन्।
प्रकाशित मिति: सोमबार, असार १५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय