राष्ट्रपति बिद्या देवी भण्डारीले आज संसद अन्त्य हुने घोषणा गरेकी छिन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संसदको अधिवेशन आजै साँझ पाँच बजेदेखि अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको डेढ घण्टामै राष्ट्रपतिले उक्त निर्णयलाई सदर गरेकी हुन्।
सामान्यत संसदिय अभ्यासमा कुनै पनि संसदको अधिवेशन अन्त्य बारे सरकारको सिफारिसमा राष्ट्रपति मध्य रातमा घोषणा गर्ने प्रचलन थियो, जसको जानकारी सभामुखले सदनको अन्तिम बैठकमा बचन गरेर सबै सदस्यहरुलाई जानकारी गराउथे।
तर गत हिंउदे अधिबेशनमा कोरोना महामारीको कारण सदन बस्न नसक्ने भन्दै बिशेष परिस्तिथि देखाउदै अधिवेशन अन्त्य भएको थियो। सोहि नजिरलाई प्रधानमन्त्री ओलीले आफ्नो बचाउको अस्त्र बनाएका छन्।
सत्ता जोगाउन ओलीले उज्याएको अस्त्रलाई राष्ट्रपतिले साँध लगाउने काम गरेकी छिन्।
प्रकाशित मिति: सोमबार, असार १५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय