नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक आज प्रधानमन्त्री केपी शर्मा ओली बिनै सुरु भएको छ। बिहिबार बिहान ११ बजे बस्ने भनिएको स्थायी समितिको बैठकमा सवा १२ बजेसम्म पनि प्रधानमन्त्री उपस्थित नभएपछि उनि बिनै बैठक सुरु भएको छ।
बुधबार बसेको बैठकले आज ११ बजे बैठक बस्ने भन्ने तय गरेपनि प्रधानमन्त्री उक्त बैठकमा उपस्थित भएनन्। बालुवाटारमा ११ बजे नेकपाको बैठक चलिरहँदा प्रधानमन्त्री ओलीले १२ बजे मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।
ओलीले आफु प्रधानमन्त्री पदबाट हटाउन भारत र शिर्ष नेताहरुको चलखेल बढेको भने पछि नेकपा स्थायी समितिले उनको राजिनामा मागे। प्रचण्ड-नेपाल पक्षका नेताहरु हिजो साँझ झम्सीखेलमा एक रेष्टुरेन्टमा संयुक्त छलफल गरेका थिए। त्यस्तै आज ओली पक्षका नेताहरुसंग अध्यक्ष दाहालले खुमलटारमा बैठक बसेका थिए। प्रधानमन्त्री ओली पनि बैठक सुरु हुनु अघि राष्ट्रपति बिद्या देवी भण्डारीलाई भेट्न शितल निवास पुगेका थिए।
प्रकाशित मिति: सोमबार, असार १५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय