हिमाल दैनिक
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले ओली पक्षका नेताहरुसंग छलफलका लागि बोलाएका छन् । अध्यक्ष दाहालले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा मागि राखेका बेला उनले ओली पक्षका नेताहरुलाई छलफलका लागि खुमलटारमा स्थित आफ्नो निवासमा डाकेका हुन्। बैठक अहिले बिहान ८ बजेदेखि छलफल जारी राखेको छ। छलफलमा ओली पक्षका महासचिव विष्णु पौडल, उपप्रधानमन्त्री ईश्वर पोखरेल,प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, विष्णु रिमाल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ र परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली छलफलमा सहभागी रहेका छन्। त्यस्तै छलफलमा दाहाल-नेपाल पक्षका जनार्दन शर्मा, वर्षमान पुन, सुरेन्द्र पाण्डे, हरिबोल गजुरेल र मात्रिका यादव पनि छलफलमा सहभागी छन्। बुधबार साँझ प्रचण्ड र माधव नेपाल पक्षका नेताहरु झम्सीखेलमा एक रेष्टुरेन्टमा संयुक्त छलफल गरेका थिए। प्रधानमन्त्री ओलीले आफ्नुलाई प्रधानमन्त्री पदबाट हटाउन भारत र नेपालकै शिर्ष नेता लागि परेको भन्दै अभिव्यक्ति दिएपछि नेकपा अर्का खेमाका नेताहरुले उनले तत्काल अध्यक्ष र प्रधानमन्त्री पदबाट राजिनामा दिनुपर्नेमा जोड दिंदै आएका छन्। मंगलबारको स्थायी समिति वैठकमा १८ स्थायी समिति सदस्यमध्ये १७ ले ओलीले दुवै पद बाट राजिनामा दिनुपर्ने माग राखेका थिए।
प्रकाशित मिति: सोमबार, असार १५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update