बालुवाटारमा भईराखेको राजीनितिक गतिबिधिबारे नेपाली कांग्रेसका सांसद कुमार थापाले टिप्पणी गरेका छन्। केहि दिन यता प्रधानमन्त्री निवास बालुवाटारमा भईराखेको सत्ताको लडाईमा सांसद थापाले खरो टिप्पणी गरेका छन्।
नेकपाका दुई अध्यक्षहरु एकअर्का बिरुद्ध आरोप-प्रतिआरोपमा उत्रिराखेका बेला थापाले उक्त तमासा बन्द गर्न आग्रह गरेका छन्।
उनले जनतामा कोरोना र सलाह किराले आक्रान्त बनाई राखेको बेला सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन तमासा गरिराखेको भन्दै यो तमासा बन्द गर्न आग्रह गरेका छन्। उनले सत्ता पक्षलाई जनताको कुरा सुन्ने र काम गर्ने सरकार दिन समेत भनेका छन्। उनले ट्वीटर मार्फत लेखेका छन्,
'बालुवाटारमा तमासा छ! सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन व्यस्त छन।तर न त सलह किराले आफ्नो काम रोकेको छ न त कोरोना भाइरसले!बरु यिनको त गति र प्रभाव बढ्दो छ। त्यसैले नेकपा सचिवालयलाई विनम्र अनुरोध छ:अति भयो यो तमासा अब हामीलाई कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस्।'
प्रकाशित मिति: आइतबार, असार १४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय