हिमाल दैनिक
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य योगेश भट्टराईले मंगलबारको बैठकमा पार्टीका वरिष्ठ नेताहरुको बीचमा आरोप प्रत्यारोप गर्ने काम भएको भन्दै त्यसले बैठकलाई संवेदनशील बनाएको टिप्प्णी गरेका छन्। सिंहदरबारमा बुधबार सञ्चारकर्मीसंग कुरा गर्दै उहालेपार्टीभित्र देखिएको संकटको समाधान पार्टी भित्रबाटै खोज्नपर्ने बताए । अहिलेको ऐतिहासिक जिम्मेवारीलाई मध्यनजर गर्दै पार्टीका समस्यालाक्ष्ई कसरी हल गर्ने भन्नेमा अध्यक्ष केपी ओलीले स्थायी समितिका केही सदस्यलाई परामर्शका लागि बोलाउनुभएको उनले जानकारी दिए । https://www.facebook.com/himaldainik/videos/624218915176743/ घटनाक्रमबारे अध्यक्ष ओलीले आफ्नो भनाई राखेको भन्दै उनले पार्टी एकतालाई बलियो बनाएर अघि बढ्नमा नेतृत्वलाई सुझाव दिइएको उनको भनाई छ । साथै, उनले पार्टीको नेतृत्व तहमा संकट देखिएको भन्दै यसको समाधानका लागि पनि नेतृत्वको समझदारी, सचिवालयका सदस्यमा राम्रो सम्बन्ध, स्थायी कमिटी र पार्टी पक्तिंमा हार्दिकताको वातावरण बनाउँदै अघि बढ्न स्थायी कमिटी सदस्यहरुले सुझाव दिएको बताए ।
प्रकाशित मिति: आइतबार, असार १४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update