नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको चौथो दिनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।
असार १० गतेबाट सुरु भएको स्थायी कमिटीको बैठक मंगलबार चौथो दिन पनि नेताहरुले आफ्नो धारणा राख्ने क्रम जारी नै छ। आजको बैठकमा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, राम बहादुर थापा, इश्वर पोख्रेल, महासचिब बिष्णु पौडेल लगायतका नेताहरुले आफ्नो धारणा राख्ने बताइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई प्रधानमन्त्री पदबाट हटाउन भारत र नेपालकै नेताहरु लागि परेको भनि दिएकाे सार्वजनिक अभिव्यक्तिप्रति असन्तुष्ट पक्षका सदस्यहरूले स्पष्टीकरण समेत माग्ने तयारीमा रहेकाे बताइएको छ।
तीनदिन अघि प्रधानमन्त्री ओलीले दिएको उक्त अभिव्यक्तिप्रति नेकपाभित्रकै नेताहरुले आलोचना गर्दै आएका छन्। आजको बैठकमा उक्त बिषयमा प्रधानमन्त्रीसंग स्पष्टीकरण मागिने समितिका केही सदस्यहरुले बताए।
त्यस्तै अन्य दिनको बैठक भन्दा आजको दृश्य भिन्न देखिएको छ। यस अघिको तीन बैठकहरुमा दुई अध्यक्ष (केपी शर्मा ओली र पुष्प कमल दाहाल)सँगै सचिवालयका सदस्यहरुको बस्ने ब्यबस्था हलको उचो स्थानमा रखिएको थियो। त्यस्तै दुई अध्यक्षहरु अगाडी राख्दै अन्य सचिवालयका सदस्यहरु अध्यक्षद्वयकाे आसन पछाडि राखिएको थियो भने अन्य सदस्यहरुको लागि बस्ने व्यवस्था तल रखिएको थियो। आजको बैठकमा सबै जनाको आसन एउटै स्थरमा रखिएको छ। सबै सदस्यहरुलाई एउटै फ्लोर र एउटै प्रकारको कुर्ची, टबलको ब्यबस्था गरिएकाे छ।
यसअघि पहिलो दिन दुई अध्यक्षहरुका लागि सोफाको ब्यबस्थामा मिलाएको थियो। बैठकमा यसको बिरोध भएपछि दोश्रो दिनबाट सोफा पनि हटाइएकाे थियो।
त्यस्तै प्रधानमन्त्री ओली आजको बैठकमा सुरुदेखि उपस्थित रहेका छन। यसअघि ओली आफ्नै निवासमै बैठक राखेर कहिले कामको बहानामा त कहिले स्वास्थ्य समस्याका कारण बैठकमा अनुपस्थित भएका थिए।
आजको बैठक सुरु हुनु अघि प्रधानमन्त्री राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेर फर्किएका थिए।
प्रकाशित मिति: शनिबार, असार १३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय