हिमाल दैनिक
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी कपाको स्थायी कमिटी बैठकले भारतले मिचेको भूभाग फिर्ता ल्याउन ठोस कुटनीतिक पहल गर्न सुझाएको छ । गत बुधबार देखि जारी नेकपा स्थायी कमिटी बैठकमा शनिबार बोल्ने अधिकाश सदस्यहरुले नयाँ नक्सा सार्वजनिक गरेसंगै भारतसंग ठोठ वार्ता गर्दै सीमा समस्या समाधान गर्न सुझाएका हुन । तेस्रो दिनको बैठक सकिदासम्म ३८ जना सदस्यले बोलेको र अहिलेसम्म सीमा विवाद र नयाँ नक्साका विषयमा मात्रै छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले बैठकमा बोल्ने सदस्यहरुले नयाँ नक्सा सार्वजनिक गरसंगै भारतले मिचेको भूभाग फिर्ता ल्याउन ठोस कदम चाल्नु पर्ने सुझाब दिएको बताए । भारतको हेपाह प्रवृत्तिकै कारण नेपालमा भारतविरोधी भावना बढेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य रघुजी पन्तले बताए । उहाले नेपाललाई दबाब दिएर आफ्नो एकलौटी हित साध्न खोज्ने र प्रभावमा राख्ने व्यवहार स्वयं भारतको हितविरुद्ध हुने चेतवनी दिए । पन्तले नेपाल र भारतबीच विद्यमान समस्याको समाधान वार्ताबाटै खोजिनुपर्ने जिकिर गरे । स्थायी कमिटी बैठकको पहिलो दिन अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालले धारणा राखेका थिए । दोस्रो दिन १८ जना स्थायी कमिटी सदस्यले धारणा राखेका थिए भने तेस्रो दिन प्रधानमनत्री केपशिर्मा ओली एकैछिन बैठकमा बसेर बाहिरिएका थिए । नेकपाको स्थायी ककिटी अर्को बैठक असार १६ गते विहान ११ बस्ने गरी स्थगित भएको प्रवक्रा नारायणकाजी श्रेष्ठले जनाकारी दिए।
प्रकाशित मिति: बुधबार, असार १०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update