सत्तारुढ नपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएपछि पार्टी नेताहरुले आक्रोस व्यक्त गरेका छन्।
देशको समसामयिक अवस्था र पार्टीको अवस्थादेखि सरकारको कार्यशैलीबारे बल्लतल्ल बुधबारदेखि सुरु भएको स्थायी कमिटी बैठकको दोस्रो दिन शुक्रबार प्रधानमन्त्रीकै सरकारी निवासमा सुरु भए पनि अध्यक्ष ओली अनुपस्थित रहेको नेकपा स्थायी कमिटी सदस्यले जानकारी दिए।
पटक पटक मिति गुजार्दै आएका अध्यक्ष ओलीले बुधबारदेखि पार्टीको बैठक सुरुवातमै आफ्नै पार्टीभित्रका आलोचकहरुलाई हान्नुसम्म झटारो हानेका थिए।
तर, तत्कालै द्वितीय अध्यक्ष पुष्पकमल दाहालबाट कडा प्रतिउत्तर भेटेका अध्यक्ष एवं प्रधानमन्त्री ओली बाँकी अरु सदस्यहरुको अरुको आलोचना सुन्नु भन्दा आफ्नै निवासमा डाकिएको बैठकमै अनुपस्थित भएर उनीहरुको कटाक्ष र असन्तुष्टिलाई वेवास्ता गर्ने कोेशिश गरेका छन्।
जनताको बलियो साथ र समर्थन पाएर सत्ताको नेतृत्वसँगै पार्टीको नेतृत्व लिइरहेका अध्यक्ष ओलीले सरकार र पार्टी सञ्चालनमा पूर्णरुपले असफल भएकोले जनतामाझ पार्टी कमजोर हुन पुगेको भनि उनलाई नेतृत्व छाड्द दबाब दिने रणनीति असन्तुष्ट पक्षका सदस्यहरुले अपनाएको जानकारी पाएपछि ओली बैठकमा अनुपस्थित भएको आरोप पार्टीभित्रैका कतिपय सदस्यहरुले लगाउन थालेका छन्।
आज बिहान ११ बजेका लागि बैठक डाकिएको भएपनि करिब आधाघण्टा ढिलोगरी बसेको बैठकमा अध्यक्ष ओली अनुपस्थित भएपछि द्वितीय अध्यक्ष दाहालले बैठक संचालन गरेका थिए।
नेकपा स्रोतका अनुसार, आजको बैठकमा परराष्ट्र मन्त्री प्रदिप ज्ञावालीले पछिल्लोे समय भारतसँगको सीमा विवाद र समाधानका लागि सरकारले चालेको कदमबारे जानकारी गराएका थिए।
त्यसपछि बैठकमा प्रस्तुत ७ वटा विभिन्न समसायिक एजेण्डामाथि छलफल सुरु हुनुपूर्व कतिपय सदस्यहरुले अध्यक्ष ओलीको अनुपस्थितबारे प्रश्न उठाएका थिए। तर, महासचिव विष्णु पौैैडेलले प्रधानमन्त्रीबाट बैठक सुरु गर्दै गर्नु भन्ने खबर आएको जानकारी दिएपछि अहिल स्थायी समिति सदस्यहरुले विषयवस्तुमाथि आफ्ना धारणा राख्ने क्रम सुरु भएको छ।
प्रकाशित मिति: मंगलबार, असार ९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय