हिमाल दैनिक
परराष्ट्र मन्त्रालयले भन्यो– चीनबाट नेपाली जमिन अतिक्रमण भएको छैन 
foreign2019-06-08-06-17-12
सरकाले नेपाल र चीनबीच सन् १९६१ अक्टोबर ५ को सीमा सन्धिका आधारमा सीमांकन भएको तथा चीनबाट नेपाली भूमि अतिक्रमित नभएको स्पष्ट पारेको छ ।
बिहीबार विज्ञप्ति जारी गरी परराष्ट्र मन्त्रालयले कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सीमाबारे प्रतिवेदन तयार नगरेको र यो उसको क्षेत्राधिकारसमेत नभएको पनि जिकिर गरेको छ । सञ्चारमाध्यममा चीनबाट नेपाली भूमि अतिक्रमित भएको समाचार आइरहेका वेला परराष्ट्र मन्त्रालयले खण्डन गरेको हो । कृषि मन्त्रालयले रिपोर्ट नभएको पहिले नै स्पष्ट पारिसकेको र सार्वजनिक भएको भनिएको कथित रिपोर्ट खारेज गरिसकेको पनि परराष्ट्रले जनाएको छ । नेपाल र चीनबीच विगतको सीमा सन्धि र त्यसपछिका प्रोटोकलहरूका आधारमा सीमांकन सम्पन्न भएको पनि परराष्ट्रको भनाइ छ । सीमा स्तम्भ नम्बर ३७ र ३८ नहराएको र यसबारे दुवै देशबीच विवाद नभएको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रले विज्ञप्तिमा भनेको छ– कुनै पनि समस्या आएमा नेपाल सरकारले दुई देशका सम्बन्धित अधिकारीहरूबीचको आपसी परामर्शमार्फत समाधान गर्नेछ । परराष्ट्र मन्त्रायले दुई छिमेकीहरूबीचको सम्बन्धलाई प्रतिकूल प्रभाव पार्ने समाचार नदिन पनि सञ्चारमाध्यमलाई अपिल गरेको छ ।
प्रकाशित मिति: सोमबार, असार ८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update