हिमाल दैनिक
जननिर्वाचित सरकारले लोकतान्त्रिक व्यवस्थाका मूल्य र मान्यतामाथि श्रृंखलाबद्ध आक्रमण गर्दै मुलुकलाई एकदलीय निरंकुश शासनतर्फ धकेल्ने उद्दत रहेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले त्यसलाई रोक्न सदनदेखि सडकसम्म सशक्त विरोधमा उत्रने निश्कर्ष निकालेको छ। विशेषगरी सरकारले संसदमा दर्ता गरेको भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धि ऐनसँगै नेपाल विशेष सेवा ऐनमा संशोधनका लागि अघि सारेका कतिपय प्रावधानहरुले लोकतान्त्रिक शासन व्यवस्था र संविधानवादको सिद्धान्तमाथि नै हमला गर्न लागेको आरोप कांग्रेसले लगाएको छ। बुधबार अपरान्ह सभापति शेरबहादुर देउवाले आफ्नो निवास बुढानिलकण्ठमा पार्टी केन्द्रीय कार्यसमितिका पदाधिकारी, पूर्व पदाधिकारी तथा केही शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएको बैठकमा सरकार लोकतान्त्रिक शासन व्यवस्था प्रतिबद्ध नरहेको निश्कर्ष निकालेका छन्। पार्टी मुख्य सचिव कृष्णपं्रसाद पौडेलका अनुसार, आजको छलफलमा जननिर्वाचित सरकारले अनिर्वाचित संस्था अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विधेयकमा संविधान र कानूनी शासनको सिद्धान्त विपरित असिमित अधिकार दिने प्रयास गरिएकोमा कांग्रेसले आपत्ति प्रकट गरेको छ। छलफलमा नेताहरुले देशमा विद्यमान ऐन र कानूनले नीजि क्षेत्रदेखि बैंक तथा वित्तिय संस्थाको नियमन, नियन्त्रणको व्यवस्था गरेपनि त्यी संस्थाको क्षेत्राधिकार कटौती गर्नेगरी अख्तियारलाई अधिकार सुम्पिएर राज्यमा नियोजित आक्रमणको तयारी सरकारले गरेको कांग्रेसको ठहर छ। वैक तथा वित्तिय संस्थादेखि नीजि क्षेत्रका संघ संस्थाको नियमन र नियन्त्रणका लागि राज्यले बेग्लाबेग्लै कानूनी आधारमा तदअनुरुपका निकाय खडा गरेको अवस्थामा उनीहरुको सबै अधिकार अख्तियारलाई दिएर उसलाई सरकार भन्दा पनि शक्तिशाली बनाउने हो भने सरकारले ति निकाय निकम्मा भए भनि प्रमाण्ति गर्न सरकारलाई चुनौति दिएको छ। यसका अतिरिक्त नेपाल विशेष सेवा ऐनदेखि अख्यितार दुरुपयोग अनुसन्धान आयोग ऐन, राष्ट्रिय सुरक्षा परिषद ऐन लगायतका अनगिन्ती ऐनहरुमा अलोकतान्त्रिक तबरले संशोधन गर्ने प्रावधान अघि सारेर लोकतान्त्रिक शासन व्यवस्था र संविधानमाथि श्रृंखलाबद्ध आक्रमण गर्ने कार्य सरकारले गरिरहेको पनि कांग्रेसको बुझाइ छ। देश र जनता अहिले कोरोना भाइरसको महामारी र भयावह वातावरणमा रहेको बेला सरकारले जनतालाई सुरक्षित राख्न अपनाउनु पर्ने कुनै पनि सर्तकता र जिम्मेवारी बहन नगरेर सत्ता संचालनमा पूर्णरुपमा असफल भएको पनि कांग्रेस नेताहरुको ठहर छ। छलफलका क्रममा सभापति देउवाले गत निर्वाचनको प्रचार प्रसारका क्रममा कम्युनिष्टहरुले चुनावमा विजयी हाँसिल गरे देश र जनताले आफूलाई अन्याय भयो भनि रुन पनि पाउँदैन् भनि व्यक्त गरेका कुरा अहिले व्यवहारले सत्य सावित गरेको बताएका थिए। कोरोना संक्रमितको पहिचान, परिक्षण र उपचारदेखि शंकास्पद व्यक्तिलाई राख्न क्वारेन्टिनको उचित व्यवस्थापनसँगै गरिव मजदूर र विपन्न जनतालाई राहत दिन सरकारले असफल भएको आरोप लगाएको कांग्रेसले अलोकतान्त्रिक दिशामा अघि बढेको सरकारलाई रोक्दै देश र जनताको हितमा आफू उभिएर जनताका माझमा पुग्ने कार्यक्रमको तयारी पनि कांग्रेसले गरेको छ।
प्रकाशित मिति: आइतबार, असार ७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update