सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ दिनभित्र आफै उपस्थित हुन आदेश दिएको छ।
सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले कोभिड-१९ प्रकोपका कारण उत्पन्न परिस्थितिबारे अदालतले दिएका आदेशको पालना नगरिएको सन्दर्भमा प्रधानमन्त्री ओलीलाई १५ दिनभित्र आफै उपस्थित भएर जवाफ दिन आदेश दिइएको हो।
वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षी बनाई अदालतको अवहेलना शीर्षकमा दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो।
प्रकाशित मिति: आइतबार, असार ७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय